---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images
# महालक्ष्मी

ललितपुरमा महालक्ष्मी महोत्सव हुदैँ

फागुन ३ मा ग्वार्कोबाट प्रभातफेरी


समानता नेपाल
  • 7.3K
    SHARES
  • ललितपुरमा महालक्ष्मी महोत्सव हुदैँ

    महालक्ष्मी नगरपालिकाको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक, प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण र प्रवर्द्वन गरि विशिष्ट पहिचान स्थापित गर्न महोत्सवको आयोजना।

    ललितपुर १ फागुन । ललितपुरको महालक्ष्मी नगरपालिकाले महालक्ष्मी महोत्सव २०८० आयोजना गर्ने भएको छ । यही ५, ६ र ७ फागुनसम्म महालक्ष्मी महोत्सव आयोजना गर्न लागेको हो ।

    images


    नगरको धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थलको प्रचार प्रसार गरी आन्तरिक तथा वाह्य पर्यटक आकर्षित गर्न महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो । 

    FB_IMG_1707924029875.jpg
    नगरप्रमुख हरिगोबिन्द श्रेष्ठका अनुसार ३ दिनसम्म चल्ने महोत्सवमा नगरभित्रका विभिन्न धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलहरुमा विभिन्न कार्यक्रम आयोजना हुँदैछन् ।

    महोत्सव सम्पन्न गर्न नगरसभाले ५० लाख रुपैयाँ बजेटसमेत बिनियोजन गरेको छ । त्यस्का लागि ११ वटा तयारी उपसमिति गठन गरिएको छ ।


    महोत्सवलाई सफल पार्न नगरपालिकाले वडाअध्यक्षहरुको संयोजकत्वमा ति उपसमिति गठन गरिएको जनाएको छ ।


    महोत्सवमा स्वदेशी र बिदेशी पर्यटकलाई आकर्षित गरी आन्तरिक रोजगारी प्रर्वद्धन गर्ने नगरपालिकाको योजना छ । 


    पहिलोपटक हुन लागेको महोत्सवमा नगरभित्रका १० वटै वडाका महत्वपूर्ण स्थलहरुमा पर्यटकहरु लैजानेगरी योजनावद्ध रुपमा काम गरिरहेको नगर उपप्रमुख लक्ष्मी महर्जनले जानकारी दिनुभयो ।


     महालक्ष्मी नगरपालिका ऐतिहासिक, धार्मिक र पुरातात्विक नगर हो । जहाँ नेपालीका अतिरिक्त नेवारी र तामाङ भाषीहरुको बाहुल्य छ । 

     


    महोत्सवमा नेवारी र तामाङ संस्कृतिको प्रचारदेखि यहाँका धार्मिक र ऐतिहासिक स्थलसम्म पर्यटकहरु लैजाने नगरको योजना रहेको छ । 

     


    ५ फागुनमा महालक्ष्मी नगरपालिकाको नामाकरण भएको लुभुस्थित महालक्ष्मी मन्दिर परिसरमा संघीय स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महोत्सव उद्घाटन गर्नेछन् ।


    महोत्सवको दोस्रो दिन वडा नम्बर ६ सिद्धिपुरको नेवारी संस्कृति, स्थानीय उत्पादनको प्रदर्शनी, वडा नम्बर ४ मा रहेको बोझेपोखरीमा डुंगा सयरलगायतका कार्यक्रम राखिएका छन् । जहाँ संघीय गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रमुख अतिथिाका रुपमा रहनेछन् । 


    महोत्सवको अन्तिम दिन एमाले अध्यक्ष केपी ओलीलाई प्रमुख अतिथि बनाएर पर्यटकको रोजाइमा रहेको लाकुरीभञ्ज्याङ, मनमोहन पार्क र गणेशमान पार्कमा विविध कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । 


    महोत्सवमा ऐतिहासिक सम्पदाहरुको अवलोकन, सांस्कृतिक कार्यक्रम, नेवारीसहितका ४० वटा बाजाहरुको प्रस्तुति र प्रदर्शन, तामाङ संस्कृतिसहितको खाना महोत्सव, मार्चपास, र्याली, घरेलु उत्पादनको प्रदर्शनी तथा बिक्रीस्थललगायतका गतिविधि हुने नगर प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

    FB_IMG_1707924010169.jpg


    महालक्ष्मीका आकर्षण 


    महालक्ष्मी नगरपालिका सांस्कृतिक, धार्मिक र ऐतिहासिक स्थलहरुको सुन्दर पर्यटकिय नगरी हो । महालक्ष्मी मन्दिर, लाँकुरीभञ्ज्याङ, श्रृङगी ऋषि गुफा, श्रृङ्गेरी डाँडा, कामधेनु गुफा, अशोक स्तुपा, शान्ति पोखरी, गणेश तथा भैरव मन्दिर, सिद्धेश्वर मन्दिर, कृष्ण तथा बालकुमारी मन्दिर, गोभ्राटेश्वर देग जस्ता ऐतिहासिक र धार्मिक स्थल यही नगरपालिकाभित्र पर्छन् । 


    वोझेपोखरी, कमलपोखरी, फोङ्गाः पुखु, बुद्ध पोखरी, पाँचपोखरी, भैरव कुण्ड, सिंथलीडाँडा पोखरी, लामाडाडा पोखरीजस्ता पोखरीहरु पनि यही पालिकामा छन् । 

     


    बासुकी नागस्थान, कामधेनु गुफा, मातभ्व सङ्गम, गोशिङ्ग तीर्थ, माने चैत्य गुम्बा, भीमसेन डाँडाको सुर्योदयस्थलजस्ता ऐतिहासिक सम्पदा पनि यही नगरपालिकामा पर्छन् । 
    नगरपालिकाले यस्ता सम्पदाको प्रचार गरी पर्यटन प्रर्वद्धनमार्फत आन्तरिक आय वढाउन र नगरको प्रचार प्रसार गर्न महोत्सव आयोजना गर्न लागेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभएको छ । 


    प्रकाशित : बुधबार, फागुन २ २०८००९:१५
    प्रतिक्रिया दिनुहोस