---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै


एसिसी महिला प्रिमियर कप क्रिकेट : नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता-२०२४ अन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

images

मलेसियाको क्वालालाम्पुरमा भर्खरै भएको टसमा कप्तान इन्दु वर्माले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । आजको खेल विजेता प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने खेलको विजेता टोलीले यसै वर्ष हुने महिला टि ट्वान्टी एसिया कप क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन पाउनेछ ।

नेपालले क्वार्टरफाइनलमा कुवेतलाई आठ विकेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो । त्यस्तै समूह चरणको खेलमा नेपालले माल्दिभ्सलाई दुई सय १४ रनले हराएको थियो भने भूटान र हङ्कङलाई समान आठ-आठ विकेटले पराजित गरेको थियो ।

मलेसिया जापानलाई १६ रनले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । मलेसियाले समूह चरणमा इन्डोनेसियालाई छ विकेटले हराएको थियो भने कतारलाई ३९ रन र बहराइनलाई एक सय २६ रनले पराजित गरेको थियो ।


प्रकाशित : शुक्रबार, फागुन ४ २०८०११:५३
  • सम्बन्धित विषय:

  • # महिला प्रिमियर


  • प्रतिक्रिया दिनुहोस