ललितपुर, ६ फागुन । महालक्ष्मी नगरपालिका ललितपुरद्वारा आयोजित 'पहिलो महालक्ष्मी महोत्सव' को दोस्रो दिन आज सिद्धिपुर र बोझेपोखरीमा विविध कार्यक्रम हुने भएको छ ।
आज ११ बजेदेखि सिद्विपुरको वडा कार्यालय परिसरमा हुने कार्यक्रमको प्रमुख अतिथि माओवादी नेतृ पम्फा भुषाल हुनेछिन् । त्यहाँकै वेशभूषामा स्कृतिक कार्यक्रम हुने छ ।
त्यहाँका स्थानिय उत्पादन, कला झल्कने वस्तु तथा खानाको पचास ओटा स्टल रहनेछन् ।
यता बोझेपोखरीमा पचास स्टल रहनुका साथै डुंगा सयर गराईने छ ।

महोत्सवको पहिलो दिन हिजो लुभूको महालक्ष्मी मन्दिर परिसरमा स्थानिय उत्पादन कला कौशल झल्कने वस्तु तथा खानाको पचास स्टल राखिएको थियो ।

चर्चित कलाकार किरण केसी, कुन्ति मोक्तान, नवराज घोरासैनी, आशा लामा, टिका भण्डारी, सुरेन्द्र केसी, शिवशंकर रिजाल (जोगिन्दर), राजा राजेन्द्र, अनिल सिङ्ग, ब्लाक ह्वाक नेपाल, ब्रजेस स्था, प्रोजेक्ट प्रो, श्रीकाली ब्याण्डले स्टेज पफर्मेन्स गरेका थिए ।

नगरभित्रका विभिन्न विधालयका विधार्थीले आफ्नो सस्कृति झल्कने पहिरन र गीतमा नृत्य प्रस्तुती गरेका थिए ।
विभिन्न समूह, संघसंस्था, सहकारी, विधालय, वडाका प्रतिनिधि सम्मिलित स्थानियले झाकी, बाजागाजासहित उद्घाटनमा सरिक भएका थिए ।




