---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

कोशी प्रदेश नामकरण विवाद : छानबिन समिति गठन गर्ने सरकारको निर्णय


कोशी प्रदेश नामकरण विवाद : छानबिन समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो ।

images

छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ । कोशी प्रदेशको नाम खारेजी गर्नुपर्ने मागसहित आन्दोलनमा रहेका बेला प्रहरीको लाठीबाट घाइते भएका एक आन्दोलनकारीको उपचारका क्रममा मृत्यु भएको छ।

प्रदेशको नामांकनविरूद्ध आन्दोलनमा जाँदा प्रहरीको लाठी लागेर घाइते भएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह-कमान्डर पदमबहादुर लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शुक्रबार बिहान साढे २ बजे मृत्यु भएको हो। प्रदेश नम्बर १ पुन: नामाङ्कन संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति जारी गरी लिम्बुको मृत्यु भएको जनाएको छ।


प्रकाशित : शनिबार, चैत ११ २०७९०७:१३
  • सम्बन्धित विषय:

  • # कोशी प्रदेश


  • प्रतिक्रिया दिनुहोस