---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images
सत्ता समिकरण फेरबदल

धोकेबाज रहेछौँ तिमी ! 


समानता नेपाल
  • 4.7K
    SHARES
  • धोकेबाज रहेछौँ तिमी ! 

    हसिलो मुद्रामा प्रधानमन्त्री प्रचण्ड : फाइल फोटो

    काठमाडौं, २२ फागुन । राजनीतिमा जे पनि सम्भव हुन्छ ! यो उक्ति अहिलेको राजनीतिसँग मिल्दोजुल्दो छ । एकाएक मन्त्रीहरुको पद चट् हुन्छ । 

    images

    सरकारमा सहभागी सत्ता गठबन्धनभित्र के खिचडी पाकिरहेको हुन्छ, सहभागी मुख्य दललाई नै थाहा हुदैंन । बालुवाटारमा आकस्मिक बैठक बोलाईन्छ र थाहै नदिई स्थगित गरिन्छ । 


    सत्ता फेर्ने प्रधानमन्त्रीले गरेको निर्णयको मारमा संसदिय निर्वाचनमा सबैभन्दा बढी सिट ल्याएर पहिलो पार्टि नेपाली काङग्रेस परेको छ । कोशी प्रदेशमा केदार कार्कीले एमालेसँग मिलेर सरकार बनाएको, महासमिति बैठकमा देखिएको विभाजनजस्ता विषयलाई देखाएर काङ्ग्रेसलाई छाडेर प्रधानमन्त्रीले काङ्ग्रेस र माओवादी गठबन्धनलाई निरन्तरता दिन नसकिने निष्कर्षमा पुगेको बताएका थिए । 


    सत्ता गठबन्धनको बैठकका लागि हिजो बिहान बालुवाटार पुगेका काङ्ग्रेसका सभापति शेरबहादुर देउवा बैठक स्थगित भएको सूचना पाएलगत्तै उपसभापति पूर्णबहादुर खड्कासहित प्रधानमन्त्रीलाई भेटेका थिए । यता काङ्ग्रेसले पनि आफ्ना मन्त्रीहरु २ वर्षका लागि पठाएको हो भनेर बैठकमा भन्दै आएका थिए ।


    लगत्तै देउवा निवास बुढानिलकण्ठमा पदाधिकारीसँगको बैठकमा सभापति देउवाले गठबन्धनलाई बलियो बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटघाट नगरी ओलीको आग्रहलाई टार्दै आएको बताएका छन् । देउवाले भन, ‘(प्रचण्डले) धोका दियो, अबको केही महिनापछि पनि धोका नै दिने रहेछ, धोकेबाज रहेछ ।’

                                         

    deubaand-prachand.jpg


    काङ्ग्रेसको बैठकमा मन्त्रीहरुको राजीनामा र सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल भएको थियो । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनको औपचारिक बैठक पनि नराखेको र मन्त्रीहरुको राजीनामा पनि नमागेकाले यसबारे हतारमा निर्णय नगर्ने सहमति भएको सहभागी नेताले जानकारी दिएका छन ।


    यता, प्रचण्डले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई पदमुक्त गरेर  सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले नै लिएका छन् । काङ्ग्रेस र एकीकृत समाजवादीसँगको सहकार्य तोडेर एमाले, रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनाएका प्रधानमन्त्री दाहालले यसअघिका सबै मन्त्रीलाई पदमुक्त गरेका गरेका छन् ।

     

    राष्ट्रपतिसँग भेटेर प्रधानमन्त्रीले प्रधानमन्त्रीसहित अर्थ, उद्योग, गृह, परराष्ट्र, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाइ, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी आफैंले लिएका छन् । 

     

    त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन,  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा. वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास र स्वास्थ्य तथा जनसङ्ख्याको जिम्मा पनि प्रधानमन्त्री दाहालले नै लिएका छन् ।


    सोमबार साँझ कुनै जिम्मेवारी नतोकिकनै माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट पदम गिरी र रास्वपाका डोलप्रसाद अर्यालले शपथ लिएका छन् ।

     


    प्रकाशित : मंगलबार, फागुन २२ २०८००८:४०
  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • प्रतिक्रिया दिनुहोस