---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको आकस्मिक बैठक


समानता नेपाल
  • 1.5K
    SHARES
  • गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए संसदीय दलको आकस्मिक बैठक

    काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दलको आकस्मिक बैठक बोलाएका छन् । नदीपुरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पाण्डेले पछिल्लो राजनीतिक घटनाक्रमबारे सांसदहरूलाई ब्रिफिङ गर्नेछन् ।

    images

    सांसदहरूको राय लिन र आगामी यात्राको तयारी गर्न बैठक बोलाइएको काँग्रेस संसदीय दलले जनाएको छ । पाण्डे गत वैशाख १५ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ७ सदस्यीय मन्त्रीमण्डल रहेको यहाँ ५ जना काँग्रेस र २ जना माओवादीका थिए । अहिले माओवादीका दुवै मन्त्रीहरू बर्खास्तमा परेका छन् ।

    तीन मन्त्रालयको जिम्मेवारी पाण्डेले नै राखेका छन् भने बाँकी मन्त्रीहरू पुरानै जिम्मेवारीमा छन् ।


    प्रकाशित : मंगलबार, फागुन २२ २०८०१२:४२
  • सम्बन्धित विषय:

  • # गण्डकीका मुख्यमन्त्री
  • प्रतिक्रिया दिनुहोस