---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

भिजिट भिसामा रुस पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ


भिजिट भिसामा रुस पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ

काठमाडौं । भिजिट भिसामा रुस पाठइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका-१ घर भई हाल जिल्ला काठमाडौँको टोखा नगरपालिका-११ बानियाँटार बस्ने ३० बिनिता गुरुङ रहेकी छन्।

images

गुरुङले एसएलसी फेल भएका भीमबहादुर बुढालाई वैदेशिक रोजगारीको लागि रसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार गुरुङले बुढालाई प्रलोभनमा पारी पटक पटक गरी जम्मा रु. ३ लाख ४६ हजार रुपैयाँ र १ हजार अमेरिकी रकम लिई सम्पूर्ण भिजिट भिसामा चाहिने सर्टिफिकेट लगायतका कागजातहरू बनाई दिएकी थिइन्। 

गुरुङले एक हजार डलर साटेको देखाई उक्त डलर बसपार्कबाट आफै लिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर बुढालाई रसिया पठाएकी थिइन्। तर रसिया पुगे पश्चात् बुढालाई एयरपोर्टबाटै नक्कली कागजात भएको भनी फिर्ता पठाइएको थियो। 

नेपाल फर्किएपछि पीडित बुढाले वैदेशिक रोजगार विभाग आई निवेदन दिएका थिए। सोही आधारमा कार्यालयबाट खटिएको टोलीले ठगी गरी फरार रहेकी गुरुङ फागुन २१ गते बानियाँटारबाट पक्राउ गर्न सफल भएको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन २२ २०८००८:१०
  • सम्बन्धित विषय:

  • # महिला पक्राउ


  • प्रतिक्रिया दिनुहोस