---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमीकाको ३८ वर्षीले प्रेमीले गरे घाँटी रेटेर हत्या


बिहे गर्न नमान्दा १५ वर्षीया प्रेमीकाको ३८ वर्षीले प्रेमीले गरे घाँटी रेटेर हत्या

मोरङ । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन्।

images

आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी वासिन्दा हुन्।

हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। 

विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छन्। सामाजिक सन्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन्।

स्थानीय  पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत  ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन्। सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो । 


प्रकाशित : मंगलबार, फागुन २२ २०८००८:११
  • सम्बन्धित विषय:

  • # घाँटी रेटेर हत्या


  • प्रतिक्रिया दिनुहोस