---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

नेपाललाई भेटन प्रचण्ड र ओली कोटेश्वरमा


नेपाललाई भेटन प्रचण्ड र ओली कोटेश्वरमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटन र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेपाल निवास कोटेश्वर पुग्नु भएको छ ।

images

यसअघि हिजो प्रधानमन्त्री प्रचण्ड मात्र उहाँको निवास पुग्नु भएको थियो । आज एमाले अध्यक्ष ओलीका साथै विष्णु पौडेल लगायतका नेताहरु नेपाल निवास पुग्नु भएको हो ।

नयाँ सत्ता समीकरण बनेसँगै बामपन्थी दलहरु बीचको एकताको विषयले पनि चर्चा पाएको छ । तर बर्तमान गठबन्धनका विषयमा नेपाल नेृत्वतको एकीकृत समाजबादीले भने पर्ख र हेरको नीति अबलम्वन गरेको छ ।

उक्त पार्टीको हिजो बसेको सचिवालय बैठकले गूण र दोषका आधारमा नयाँ गठबन्धनलाई समर्थन गरिने निर्णय लिएको छ। नेपाल निवास पुगेर ओली र प्रचण्डले नेपालको स्वास्थ्य अवस्था जानकारी लिदैँ चार दलीय गठबन्धमा सहभागी हुन र सरकारमा आउन आग्रह गर्नुका साथै बाम एकतालाई अघि बढाउने विषयमा छलफल गरेको अध्यक्ष नेपालको सचिवालयले जानकारी दिएको छ ।


प्रकाशित : मंगलबार, फागुन २२ २०८००८:१२
  • सम्बन्धित विषय:

  • # ओली कोटेश्वरमा


  • प्रतिक्रिया दिनुहोस