---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

'त्यत्तिकै छोड' भन्दै आइन् अभिनेत्री श्रीषा


'त्यत्तिकै छोड' भन्दै आइन् अभिनेत्री श्रीषा

काठमाडौं । गायिका तथा मोडल श्रीषा कुँवरको स्वर रहेको त्यत्तिकै छोड बोलको गीतको भिडियो सार्वजनिक भएको छ । श्रीषाले १  दर्जन बढी म्यूजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् । मकाउमा छायाकंन गरिएको गीतको भिडियोमा ‘नान पो’को अभिनय देख्न सकिन्छ । मोडल ‘नान पो’ म्यानमारकी हुन् । 

images

गायक तथा संगीतकार तुला पर्वतले छायांकन तथा सम्पादन गरेको गीतको भिडियोको निर्देशन पनि स्वयम तुलाले नै गरेका हुन् । भिडियोमा कोरियोग्राफी पनि निर्देशक तुला स्वयमले नै गरेका छन् ।

 यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा नेपाली म्यूजिक भिडियो छायांकन गरेर तुलाले अन्तराष्ट्रिय बजारमा पनि नेपाली गीत संगीतलाई पुर्याउने काम गरेको भन्दै उनको प्रशंसा हुँदै आएको छ । भिडियो वाइडस्किन युट्युब च्यानलबाट बजारमा आएको हो ।


प्रकाशित : मंगलबार, फागुन २२ २०८००८:१३
  • सम्बन्धित विषय:

  • # अभिनेत्री श्रीषा


  • प्रतिक्रिया दिनुहोस