---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

रेशम चौधरीलाई आयोगले स्वीकारेन नाउपाको अध्यक्ष


रेशम चौधरीलाई आयोगले स्वीकारेन नाउपाको अध्यक्ष

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीलाई वैधता दिन अस्वीकार गरेको छ ।

images

गत पुसमा कैलालीमा भएको पार्टी अधिवेशनबाट अध्यक्ष चुनिएपछि चौधरीले निर्वाचन आयोगमा केन्द्रीय समितिको नामावली अध्यावधिक गरिदिन निवेदन दिएका थिए । तर आयोगले राजनीतिक दलसम्बन्धी ऐनअनुसार योग्यता नपुगेको भन्दै मान्यता दिन अस्वीकार गरेको हो । आयोगले रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष र त्यही कार्यसमितिलाई निरन्तरता दिएको छ ।

अधिवेशनपछि श्रेष्ठलाई सहअध्यक्ष बनाइएको थियो । चौधरी अध्यक्ष चुनिएपछि उनले विवरण अध्यावधिक गर्न आयोगमा निवेदन दिएसँगै कर्तव्य ज्यान कसुरमा दोषी भएको र राष्ट्रपतिबाट माफी पाएको भन्दै उजुरी पनि परेको थियो ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८००८:००
  • सम्बन्धित विषय:

  • # रेशम चौधरी


  • प्रतिक्रिया दिनुहोस