---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

एमाले ललितपुरको अध्यक्षमा पूःन पुरुषोत्तम आचार्य 


समानता नेपाल
  • 1.2K
    SHARES
  • एमाले ललितपुरको अध्यक्षमा पूःन पुरुषोत्तम आचार्य 

    ललितपुर, २६ चैत । नेकपा एमाले ललिलतपुर जिल्ला कमिटिको ९ औं अधिवेशनबाट पुरुषोत्तम आचार्य दोस्रो कार्यकालका लागि विजयी भएका छन् । 
    आज घोषणा गरिएको मत गणनाको अन्तिम परिणाम अनुसार अध्यक्षका उम्मेदवार आचार्यले २२९ मत ल्याई विजयी भएका हुन्  । 
    उनका निकटतम प्रतिस्पर्धी पूर्व प्रदेश सांसद चेतनाथ सञ्जेलले १५४ मत पाए । अध्यक्ष पदका उमेद्वारमा दिनेश कार्की र सुवर्ण श्रेष्ठ थिईन् ।
    अधिवेशनबाट उपाध्यक्षमा मञ्जली शाक्य बज्राचार्य १७३ मत सहित विजयी भएकी छन् । उनी ललितपुर महानगरपालिकाकी उपमेयर पनि हुन् । 
    उनीसँगै प्रतिस्पर्धामा रहेका महालक्ष्मी नगरपालिकाका मेयर हरि गोविन्द श्रेष्ठले ११५ मत पाए । उपाध्यक्ष अन्य प्रतिस्पर्धी अष्टविर ब्याञ्जनकारले ८७, श्याम ब्याञ्जनकारले ९८ मत पाए । 

    images

    सचिवमा राम राउत १७९ मत सहित विजयी भएका छन् । यस्तै सहसचिव प्रभाकरण थापा १६४ मत ल्याएर विजयी भएका छन् । उपसचिव महिलामा आशा राई १४२ मत सहित विजयी भएकी छन् । 

    सदस्यमा खुलामा जगत बहादुर सिंतान, पुरुषोत्तम हुमागाई, विरेन्द्र घिसिङ, राजेन्द्र न्यौपाने, रामहरि घिमिरे, शान्तकुमार तामाङ, समिर मर्दन केसी विजयी भएका छन् । 
    सदस्य महानगरतर्फ बाबुराजा महर्जन, विकासमान श्रेष्ठ, विष्णुप्रसद हुमागाई,  रत्नभक्त महर्जन, दिनेशजंग पाण्डे, जीवन महर्जन निर्वाचित भएका छन् । 


    प्रकाशित : बुधबार, चैत २८ २०८०१२:१६
  • सम्बन्धित विषय:

  • # निर्वाचन
  • प्रतिक्रिया दिनुहोस