---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

समलिङ्गी विवाहलाई कानुनी मान्यता दिदैं थाईल्याण्ड


  • 1.7K
    SHARES
  • समलिङ्गी विवाहलाई कानुनी मान्यता दिदैं थाईल्याण्ड

    यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।

    काठमाडौँ । थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छ । मंगलबार थाई संसदमा यो विधेयकमाथि मतदान भएको थियो । यस अवधिमा १३० सांसदले यसको पक्षमा र ४ विपक्षमा मतदान गरेका थिए । कतिपय सांसदले भने त्यसबाट टाढै बसेका छन् । थाइल्याण्ड यस्तो गर्ने दक्षिणपूर्वी एसियाकै पहिलो देश बनेको छ ।

    images

    अब यो विधेयक अनुमोदनका लागि राजा महा वजिरालोङकर्नलाई पठाइनेछ । उनीहरुको सहमति पाएपछि राजपत्रमा प्रकाशित गरी १२० दिनपछि लागू हुनेछ । रिपोर्टहरूका अनुसार, पहिलो कानुनी समलिङ्गी विवाह यस वर्षको अक्टोबरमा थाइल्याण्डमा हुनेछ ।

    थाइल्यान्डमा २० वर्षदेखि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने माग भइरहेको थियो । अब यो कानुन बनेपछि १८ वर्ष वा सोभन्दा बढी उमेरका जोसुकैले पनि विवाह गर्न सक्नेछन् । यसअघि फेब्रुअरीमा यो विधेयक संसदमा पेश भएको थियो । तर, सांसदहरुले त्यसलाई अस्वीकार गरेका थिए ।

    थाइल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ ।

    एलजीबीटीक्यू समुदायले जुनको अन्त्यमा राजधानी बैंककमा ठूलो र्‍याली आयोजना गर्नेछ, जसमा थाई प्रधानमन्त्री श्रेष्था थाभिसिन पनि सहभागी हुनेछन् । थाइल्याण्ड समलिङ्गी विवाहलाई वैधानिकता दिने एसियाकै तेस्रो देश बन्ने भएको छ । यसअघि ताइवान र नेपालले पनि यसलाई वैधानिकता दिएका छन् ।


    प्रकाशित : बुधबार, असार ६ २०८१०८:१८

    प्रतिक्रिया दिनुहोस