---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

ओलीले दिनुभयो नेपाल आइडल परियारलाई बधाई तथा शुभकामना


ओलीले दिनुभयो नेपाल आइडल परियारलाई बधाई तथा शुभकामना

१६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल आइडल (सिजन–५) का विजेता करण परियारलाई बधाई दिनुभएको छ ।

images

IMG_20240703_051350.jpg

अध्यक्ष ओलीले आज नेकपा एमाले केन्द्रीय कार्यालय, च्यासलमा नेपाल आइडल करण परियार र उपविजेताहरू क्रमशः सलोमी गुरूङ, सचिन विश्वकर्मा र मोहित भुजेललाई बधाई तथा शुभकामना दिनुभयो ।

 अध्यक्ष ओलीले नेपाल आइडल करण परियारलाई नेपालको मौलिक र पुरानो बाजा सारङ्गी उपहार पनि दिनुभयो ।

IMG_20240703_051451.jpg

 सो अवसरमा सङ्क्षिप्त शुभकामना मन्तव्य राख्नुहुँदै अध्यक्ष ओलीले यस सफलतालाई शुरुवात मानेर प्रतिभाशाली कलाकारहरूले सफलताका पाइलाहरू अगाडि बढाउनु हुने छ भन्ने विश्वास व्यक्त गर्नुभयो । 

IMG_20240703_051551.jpg

 उहाँले सङ्गीत विधाका नक्षत्रलाई व्यक्तिगत, नेकपा (एमाले) र सबै नेपालीका तर्फबाट बधाई दिनुभयो । अध्यक्ष ओलीले कला, संस्कृति, भाषा देशको सबैभन्दा ठुलो पहिचान हो भन्नुहुँदै करण परियार लगायत नयाँ प्रतिभाहरूबाट यसलाई माथि उठाउने काम भएकोमा खुशी व्यक्त गर्नुभयो ।

IMG_20240703_051551.jpg

 साहित्य, सङ्गीत, छन्द, भाषाको उद्गम थलो यही भूमि भएको स्मरण गराउँदै अध्यक्ष ओलीले संस्कृतिको रक्षा गर्दै यसलाई हामीले अगाडि बढाउनु परेको छ भन्नुभयो ।

 कार्यक्रममा नेपाल आइडल करण परियारले यसरी बधाई तथा सम्मान गरेर आफूहरूलाई अगाडि बढ्न हौसला मिलेको बताउनुभयो । 

IMG_20240703_051350.jpg

कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा केन्द्रीय सदस्यहरू उपस्थित हुनुहुन्थ्यो । कार्यक्रम नेकपा (एमाले) साहित्य, कला संस्कृति विभाग र राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपालद्वारा संयुक्त रूपमा संयोजन गरिएको थियो ।


प्रकाशित : बुधबार, असार २० २०८१०५:२७

प्रतिक्रिया दिनुहोस