---- बिहीबार , साउन १४ गते २०८३
images
images
images
images

प्रतीक थापालाई थुनामा पठाउन अदालतले दियो आदेश


प्रतीक थापालाई थुनामा पठाउन अदालतले दियो आदेश

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ ।

images

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थापालाई काठमाडौं जिल्ला अदालतले उनलाई थुनामा राख्न आदेश दिएको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपित रहेका थापालाई गत शुक्रबार काठमाडौंको बौद्धबाट पक्राउ गरेको थियो । 

यस प्रकरणमा थापासहित ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो ।


प्रकाशित : बुधबार, असार २० २०८१०६:१६

प्रतिक्रिया दिनुहोस