---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्र शाही निर्वाचित


उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्र शाही निर्वाचित

कर्णाली । उद्योग व्यवसायी सङ्घ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । सङ्घको वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न प्रथम जिल्ला अधिवेशनले शाहीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।

images

उक्त समितिको वरिष्ठ उपाध्यक्षमा लोकेन्द्रबहादुर थापा, वाणिज्य उपाध्यक्षमा पारस विष्ट, उद्योग उपाध्यक्षमा गोरख विक, महिला उपाध्यक्षमा चन्द्रा कार्की र महासचिव खगेन्द्र पुलामी मगर निर्वाचित भउका छन् ।

त्यस्तै, सचिव नरबहादुर विक, कोषाध्यक्ष अनिल शाही तथा सदस्य तेजबहादुर सिंह, जङ्गबहादुर बिसी, प्रेमबहादुर श्रेष्ठ, दीपेन्द्र गैरे, खिमबहादुर वली, ललित सुनार, जनक विष्ट, पदमा देउवा र बेलमती नेपाली निर्वाचित भएको अध्यक्ष शाहीले बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई हार्दिक बधाई ज्ञापन गर्दै वाणिज्य क्षेत्रबाट नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्न तथा कर्णालीको अर्थतन्त्रलाई सघाउने खालको योजना अगाडि बढाउन आग्रह गरे ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसी, उद्योग व्यापार महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रबल शाहीले लगायतले समितिका पदाधिकारी तथा सदस्यलाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


प्रकाशित : सोमबार, चैत १३ २०७९०८:२७
  • सम्बन्धित विषय:

  • # उद्योग व्यवसायी सङ्घ सुर्खेत


  • प्रतिक्रिया दिनुहोस