---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै घिमिरे, अनलाइनमा पनि मागे सुझाव


प्रविधिमार्फत चुनावी एजेण्डा संकलन गर्दै घिमिरे, अनलाइनमा पनि मागे सुझाव

झापा- झापा क्षेत्र नं. २ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार देवराज घिमिरेले आफ्नो चुनावी अभियानलाई प्रविधिमैत्री बताएका छन् । प्रतिनिधिसभाका निवर्तमान सभामुख समेत रहेका घिमिरेले यस पटक मतदाताका घरदैलोमा पुग्ने परम्परागत शैलीसँगै डिजिटल माध्यमलाई पनि सशक्त रूपमा प्रयोग गरिरहेका छन् ।

images

उम्मेदवार घिमिरेले आफ्नो चुनावी प्रतिबद्धता पत्र (घोषणापत्र) तयार पार्न स्थानीय बासिन्दाको प्रत्यक्ष सहभागिता खोजेका छन् । यसका लागि उनले एक क्युआर कोड र वेबसाइट लिङ्क सार्वजनिक गर्दै झापा क्षेत्र नं. २ का मतदाताहरूसँग सुझाव आह्वान गरेका छन् ।

घिमिरेका अनुसार, आगामी कार्यकाल (२०८२-८७) का लागि बनाइने प्रतिबद्धता पत्रमा जनताका वास्तविक समस्या र आवश्यकतालाई समेट्न यो प्रविधि अपनाइएको हो। "झापा क्षेत्र नं. २ का आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको सुझावलाई नै हामीले हाम्रो मार्गचित्र बनाउनेछौँ," उनको सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ।

गत निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई सभामुखको भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएका घिमिरेलाई यस पटक 'अनुभवी' र 'प्रविधिमैत्री' उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। उनले मतदाता भेटघाटका क्रममा स्थानीय विकास, पूर्वाधार र शिक्षाका मुद्दाहरूमा छलफल गर्दै डिजिटल माध्यमबाट आउने रचनात्मक सुझावहरूलाई पनि उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

WhatsApp Image 2026-02-09 at 1.08.14 PM.jpeg

 

 


प्रकाशित : सोमबार, माघ २७ २०८२०७:३०
  • सम्बन्धित विषय:

  • # सभामुख घिमिरे


  • प्रतिक्रिया दिनुहोस