---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

रुकुमबाट चीनको सीमासम्म पक्की सडक बनाउने सपना छः प्रचण्ड


रुकुमबाट चीनको सीमासम्म पक्की सडक बनाउने सपना छः प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले रुकुम पूर्वलाई सडक सञ्जामार्फत चीनसँग जोडेने घोषणा गरेका छन् ।

images

पुथा उत्तरगंगाको मैकोटमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले चीनको सीमा क्षेत्रसम्म कालोपत्रे सडक निर्माण गरिने प्रतिबद्धता जनाए ।

निर्माणाधीन शहीद मार्गलाई चिनियाँ सीमासम्म जोड्ने आफ्नो सपना रहेको उनको भनाइ थियो । प्रचण्डले आफ्नै प्रस्तावमा दाङबाट सशस्त्र जनयुद्धकै समयमा जनश्रमदानबाट शहीद मार्ग निर्माण थालिएको स्मरण पनि गरे ।

आफूहरु सरकारमा गएपछि उक्त सडक निर्माणको जिम्मेवारी सरकारले नै लिएको बताए ।


प्रकाशित : सोमबार, फागुन ४ २०८२११:४५
  • सम्बन्धित विषय:

  • # प्रचण्ड


  • प्रतिक्रिया दिनुहोस