---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए


एमाले छाडेका जितेन्द्र देव काँग्रेसमा फर्किए

काठमाडौँ। केही दिनअघि नेकपा एमाले छाडेका जितेन्द्र नारायण देवले नेपाली काँग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

images

सप्तरीको राजविराजस्थित काँग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी काँग्रेस प्रवेश भएका हुन् । जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए । विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजीनति गरेका थिए ।

संविधान सभा सदस्य एवम् पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए । त्यसअघि असार २०८१ मा काँग्रेस छाडेर एमालेमा गएका थिए । उनी काँग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बनेका थिए । फोरम लोकतान्त्रिक काँग्रेसमा विलय भएपछि नेता देव काँग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१२:०६
  • सम्बन्धित विषय:

  • # जितेन्द्र नारायण देव


  • प्रतिक्रिया दिनुहोस