---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी


समानता नेपाल
  • 2.1K
    SHARES
  • गृह मन्त्रालय नपाए सरकार छाड्ने रास्वपाको चेतावनी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्रीमा पुनर्नियुक्ति नपाए सरकार छाड्ने चेतावनी दिएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा सभापति लामिछानेले मंगलबार साँझसम्म गृह मन्त्रालयको जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिनु भएको हो

    images

    भेटमा प्रधानमन्त्री प्रचण्डले ठोस जवाफ नदिएको र सल्लाह गर्ने भनेको सभापति लामिछाने निकट स्रोतले जनाएको छ । नागरिकता विवादमा लामिछानेको सांसद पद गएपछि उहाँले उपप्रधान तथा गृहमन्त्रीबाट समेत राजीनामा दिनुभएको थियो । तर लामिछानेले गत आइतबार पुनः नागरिकता लिईसकेकाले गृहमन्त्रीमा पुनः नियुक्ति चाहनु भएको हो । प्रतिनिधि सभामा रास्वपाबाट १९ जना सांसद रहेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड भने गृह मन्त्रालय आफ्नै पार्टीमा राख्ने अडानमा हुनुहुन्छ ।


    प्रकाशित : मंगलबार, माघ १७ २०७९०६:२७
    प्रतिक्रिया दिनुहोस