---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

ट्रम्पमाथि एकजना पोर्नस्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप


ट्रम्पमाथि एकजना पोर्नस्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एकजना पोर्न स्टारलाई गोप्यरुपमा भुक्तानी गरेको आरोप लागेको छ । सन् २०१६ को राष्ट्रपतीय चुनावअघि पूर्व पोर्न स्टार स्टर्मी डेनियललाई रकम दिईएको अभियोग ट्रम्पमाथि लगाइएको छ । तर सो आरोपको पूर्ण विवरण भने सार्वजनिक गरिएको छैन ।

images

पूर्व पोर्न स्टार डेनियलले ट्रम्पसँग अनैतिक सम्बन्ध रहेको दाबी गर्दै चुप लागेर बस्न आफूलाई पैसा दिएको बताएकी छिन् । कथित अफेयरमा उनलाई गुपचुप रहन ट्रम्पले अमेरिकी डलर एक लाख ३० हजार दिएको भन्ने बिषयमा ट्रम्पमाथि अभियोग लगाइएको हो । तर ट्रम्पले सो अभियोग अस्वीकार गरेका छन् ।

ट्रम्पका वकिल सुसान नेचेलेसले पनि एक विज्ञप्तिमार्फत आरोप लागेको पुष्टि गर्दै राष्ट्रपति ट्रम्पले कुनै अपराध नगरेको र यो राजनीतिक अभियोजनमाथि अदालतमा कडाइका साथ लड्ने बताएका छन् ।


प्रकाशित : शुक्रबार, चैत १७ २०७९०७:१६
  • सम्बन्धित विषय:

  • # पोर्नस्टार


  • प्रतिक्रिया दिनुहोस