---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

उपनिर्वाचनका लागि रास्वपाको यी हुन उम्मेदवार


समानता नेपाल
  • 1.6K
    SHARES
  • उपनिर्वाचनका लागि रास्वपाको यी हुन उम्मेदवार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते हुने तीन वटै क्षेत्रको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारहरुको नामावली सार्वजनिक गरेको छ ।

    images

    बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन–२, तनहुँ–१ र बारा–२ को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो ।

    जसअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको मात्रै नाम रहेको छ । यस्तै, तनहुँ–१ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रूपक घिमिरे विश्वकर्माको नाम सार्वजनिक गरिएको छ भने बारा–२ मा रमेश खरेल र युवराज न्यौपानेको नाम समावेश छ ।

    रास्वपाले यी प्रारम्भिक उम्मेदवारीउपर दाबी विरोध गर्न शुक्रबार बिहान ११ बजेसम्मको समय दिएको छ ।


    प्रकाशित : शुक्रबार, चैत १७ २०७९०७:१७
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • प्रतिक्रिया दिनुहोस