---- बिहीबार , साउन १४ गते २०८३
images
images
images
images

महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु, २५ घाइते


महिलाले दिएकाे उपहार विष्फोट हुँदा रूसी सेनाका मुख्य भ्लगरकाे मृत्यु, २५ घाइते

रुसकाे एक क्याफेमा एउटा बट्टा विष्फोट हुँदा रुसी सेनाका मुख्य भ्लगर भ्लादेन टार्टस्कीकाे मृत्यु भएकाे छ ।

images

रुसको सेन्ट पिटर्सबर्गस्थित एउटा क्याफेमा बट्टा विष्फोटमा हुँदा भ्लगरकाे मृत्यु भएको हो । रुसी रक्षा मन्त्रालयका अनुसार सेन्ट पिटर्सबर्गको स्ट्रिट फुड बार वानमा छलफलमा रहेका ब्लगरलाई एक महिलाले उपहार भन्दै दिएको बट्टा विष्फोट हुँदा भ्लगरकाे मृत्यु भएकाे हाे ।

घटनामा २५ जना घाइते भएको र घाइते मध्ये १९ जनालाई अस्पताल भर्ना गरिएको त्यहाँको प्रहरीले जनाएको छ । वास्तविक नाम म्याक्सिम फोमिन रहेका भ्लगरका टेलिग्राममा ५ लाख ६० हजार फ्लोअर रहेका छन् ।

युक्रेनमा रुसी आक्रमणका कडा समर्थक ब्लगरले युक्रेन आक्रमणको फ्रन्टलाइनबाट रिपोर्टिङ गर्दै आएका थिए ।


प्रकाशित : सोमबार, चैत २० २०७९०८:२६
  • सम्बन्धित विषय:

  • # उपहार विष्फोट


  • प्रतिक्रिया दिनुहोस