---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प आज अदालतमा उपस्थित हुँदै


अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प आज अदालतमा उपस्थित हुँदै

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार न्युयोर्क अदालतमा बयान दिनका लागि जान लाग्नु भएकाे छ ।

images

साेमबार राति न्युयोर्कस्थित ट्रम्प टावर पुग्नुभएका ट्रम्पले न्युयोर्कमा केही आपराधिक आरोपहरूको सामना गर्नुहुने भएकाे हाे । सन् २०१६ मा भएकाे राष्ट्रपतीय निर्वाचन ताका पोर्न स्टार स्टर्मी ड्यानियल्सलाई अवैध रकम दिएको र उक्त भुक्तानीलाई ब्यापारी कारोबारमा देखाएको आरोपमा ट्रम्पमाथि छानविन भइरहेको छ ।

७६ वर्षीय ट्रम्प आपराधिक मुद्दाको सामना गर्ने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुनु भएकाे छ । तर उहाँले भने कुनै गलत काम नगरेको दावी गर्दै आउनुभएकाे छ । मंगलबार पुलिस र अदालतका अधिकारीहरूका साथै सेक्रेट सर्भिसका एजेन्टहरूले ट्रम्पलाई तल्लो म्यानहट्टन अदालत परिसरमा लैजाने तयारी गरेका छन्।

उहाँले अदालतमा उपस्थित हुनुअघि जिल्ला अधिवक्ता एल्भिन ब्रागको कार्यालयमा आत्मसमर्पण गर्ने जनाइएकाे छ । त्यसपछि मात्र उहाँ न्यायाधीश समक्ष उपस्थित हुने हुनुभएकाे छ । पूर्वराष्ट्रपति ट्रम्प जमानतमा रिहा हुने र मंगलबार साँझ आफ्नो निवास फ्लोरिडा फर्कने अनुमान गरिएको छ ।


प्रकाशित : मंगलबार, चैत २१ २०७९०७:२९
  • सम्बन्धित विषय:

  • # ट्रम्प


  • प्रतिक्रिया दिनुहोस