---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

न्यूयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । मंगलबार म्यानहटन अदालतमा सुनुवाइपछि उनलाई प्रहरी हिरासतमा राखिएको हो ।

images

उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । म्यानहटन अदालतमा उपस्थित गराइँदा उनले आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्त्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ ।

७६ वर्षीय ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए ।


प्रकाशित : बुधबार, चैत २२ २०७९०८:००
  • सम्बन्धित विषय:

  • # डोनाल्ड ट्रम्प


  • प्रतिक्रिया दिनुहोस