२५ चैत्र, काठमाडौं । नेपाली काग्रेसका नेता एंवम् पूर्व सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपालमा मात्रै नभई विश्वमै आर्थिक मन्दीको चुनौती सामना गर्नु परिरहेकाले सबै चुनौतीलाई अवसरमा बदल्न गम्भिर छलफलमा रहेको बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित इनरुवा सेवा समाजको गठन एंवम् नयाँ बर्ष २०८० को शुभकामना आदान प्रदान कार्यक्रमको अवसरमा उहाँले देश र समाजले संविधान पाईसकेकाले भाषणमात्रै नभइ व्यवहारमा देशको समुन्नती, विकास र समृद्धीको बाटोमा अग्रसर हुनसमेत सम्पूर्ण जनतालाई अपिल गर्नुभएको छ ।
उहाँले पार्टी भन्दा देश र परिवारभन्दा समाजलाई प्राथमिकतामा राखेर सबै जातजाती, भाषाभाषी र सबै क्षेत्रको विकासमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
हाम्रो पुस्ताले पाएको जिम्मेवारी जनताले अनुभूत गर्न सक्ने भएकाले आ– आफ्नो ठाउँबाट विकास, सस्कृती, सभ्यतालाई अभिवृद्धी गर्न योगदान गर्नुपर्छ’ सुनसरी क्षेत्र नं ४ बाट निर्वाचित संघिय सांसद कार्कीले भन्नुभयो, दश बर्ष भित्रमा दक्षिण एशियाको सम्पन्न राष्ट्रको रुपमा विकसित गर्न सक्ने छौं ।’उहाँले यस क्षेत्रको जनप्रतिनिधिको हैसियतले इनरुवाको विकासमा सबै किसिमको भूमिका निर्वाह गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
यसैगरी नेकपा एमालेका नेता तथा सुनसरी क्षेत्र नं ३ वाट निर्वाचित संघिय सांसद भिमप्रसाद आचार्यले नया संविधानले स्थानिय तहलाई सबै अधिकार दिएको हुनाले सदरमुकाम धाउने आवश्यकता नरहेको बताउनुभयो । सुनसरीको सडक, यातायातलगायतको पूर्वाधार विकासमा केन्द्रकै तर्फबाट आफूले जोड दिदैं आएको उल्लेख गर्नुभयो । इनरुवाको आर्थिक विकासको लागि के कुराले अगाडी बढाउन सकिन्छ त्यो प्रयास गर्दै आएको आचार्यले जानकारी दिनुभयो ।
इनरुवा वासीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा समाजको तदर्थ समिति गठन गरिएको छ । समाजको अध्यक्षमा गोपाल पोखरेल निर्विरोध चयन हुनुभएको छ भने उपाध्यक्षमा पुस्कर पोखरेल, विष्णु कुमारी भट्रराई महासचिव सुमन घिमिरे र सचिवमा संजय अटल र कोषाध्यक्ष पशुपति भण्डारी, सहकोषाध्यक्ष सरला बष्नेत रहनुभएको छ ।
यसैगरी समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पोखरेल, कृष्णहरि शर्मा, देवराज निरौला, कौशल भट्राई, निरज गुप्ता, मनोजकुमार चौधरी, श्रीकृष्ण प्रसाद पोखरेल र राजेश पोखरेल चयन हुनुभएको छ ।
पूर्व अर्थमन्त्री कार्कीले नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्नुहुदै यो उत्साह केवल समाज निर्माण मात्रै नभई परिणाम दिनेगरी निरन्तरताका साथ अगाडी बढ्न शुभकामनासमेत दिनुभयो ।




