---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

सांगितिक क्षेत्रमा अल्काको ह्याट्रिक


सांगितिक क्षेत्रमा अल्काको ह्याट्रिक

काठमाडौं । भारतिय चर्चित गायिका अलका याग्निकले लगातार तेस्रो वर्ष गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम दर्ता गराएकी छन्। उनका गीतलाई सन् २०२२ मा सर्वाधिक बढी सुनिएको छ।

images

 

सन् २०२२ मा उनको गीतलाई १५ दशमलब ३ बिलियन पटक सुनिएको हो। उनले यो मामलामा विश्व प्रख्यात गायिकाहरु टेलर स्वीफ्ट, बियोन्से र बीटीएसलाई पछि पारेकी छन्।

 

सन् २०२१ र २०२० मा पनि अलकाको गीत विश्वभर सर्वाधिक बढी सुनिएको थियो। यो उपलब्धि अलकाका लागि किन पनि विशेष छ भने उनी सन् ९० र २००० को दशककी गायिका हुन्। पछिल्लो १० वर्षमा अलका संगीतमा त्यति सक्रिय छैनन्। यसका बाबजुद आज पनि उनका गीत सबैभन्दा बढी सुनिन्छन्।

 

अलकाको गीत सन् २०२० मा १६ दशमलब ६ बिलियन पटक सुनिएको थियो। त्यस्तै सन् २०२१ मा यो आँकडा १७ दशमलब ७ बिलियन पुग्यो। सन् २०२२ मा १५ दशमलब ३ बिलियन स्ट्रीम पुगेको छ। यी सबैको औषत हिसाब निकाल्ने हो भने उनको गीत युट्युबमा दैनिक ४२ मिलियन पटक सुनिएको छ।

 

अलकापछि बेड बन्नी १४ दशमलब ७ बिलियनका साथ दोस्रो नम्बरमा, उदित नारायण झा १० दशमलब ८ बिलियनका साथ तेस्रो नम्बरमा, अरिजीत सिंह १० दशमलब ७ बिलियनका साथ चौथो नम्बरमा र ९ दशमलब ०९ बिलियन स्ट्रीमका साथ कुमार सानू पाँचौं स्थानमा छन्।

 


प्रकाशित : सोमबार, माघ २३ २०७९०७:१४
  • सम्बन्धित विषय:

  • # कला


  • प्रतिक्रिया दिनुहोस