---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

बौद्ध युवा क्लबले जित्यो सेभेन ए साइड फुटबल


बौद्ध युवा क्लबले जित्यो सेभेन ए साइड फुटबल

गलेश्वर । म्याग्दीको बेनीनगरपालिका-२ बगरफाँटमा आयोजना गरिएको रु एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुल्ला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ ।

images

नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार साँझ भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै बौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो ।

चैत २८ गतेदेखि चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागी भएका थिए । प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लबले रु एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपविजेता वनेको रिभर साइड युवा क्लबले नगद रु ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।


प्रकाशित : शनिबार, वैशाख २ २०८००९:३८
  • सम्बन्धित विषय:

  • # बौद्ध युवा क्लब


  • प्रतिक्रिया दिनुहोस