---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता आजदेखि शूरु


समानता नेपाल
  • 5.6K
    SHARES
  • महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता आजदेखि शूरु

    माघ २६ ललितपुर । महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०७९ शूरु भएको छ । महालक्ष्मी नगरपालिकाद्धारा आयोजित सो प्रतियोगिता नेपाल डन बस्को स्कुल र शुभतारा स्कुलमा आजदेखि शुरु भएको हो । 

    images


    आज माघ २६ गते उद्घाटन गरिएको सो खेल प्रतियोगिता तीन दिनसम्म चल्ने छ । महालक्ष्मी नगरभित्रका ३१ विद्यालयका एक हजारभन्दा बढी विद्यार्थी एथलेटिक्स, भलिवल र कवड्डी खेलको प्रतियोगितामा सहभागी हुने छन् । शनिबार समापनका अवसरमा प्रतिस्पर्धामा भाग लिएर प्रथम, द्धतिय हुने विद्यालयका विद्यार्थीलाई मेडल पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको निर्णायकमा संसार लाल बैंध्य, भीम नेमकुल हिमाल रञ्जित रहने छन् । 


    आज उद्धघाटन सत्रमा यसै क्षेत्रका संघिय सांसद प्रेम महर्जनले खेलकुद क्षेत्रले राष्ट्रलाई नै विश्वसामू चिनाउन मद्यत गर्ने भएकाले भविष्यका कर्णधार विद्यार्थी भाईबहिनीका लागि यो उपयुक्त अवसर भएको उल्लेख गर्नुहुदैं खेलमा सहभागी गराएकोमा महालक्ष्मी नगरपालिकालाई धन्यवाद दिनुभयो । 


    यस्तै महालक्ष्मीका मेयर हरिगोविन्द श्रेष्ठले सामूदायिक स्कूलको खेलकुद र सांगितिक कार्यक्रमको लागि छुट्टै प्रशिक्षकको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । नगरभित्र खेलकुदमार्फत स्वास्थ्य खानपान र रोगव्याधको व्यवस्थापनको लागि विशेष कार्यक्रम आयोजना गर्न लागिएको पनि जानकारी दिनुभयो । 


    उपमेयर लक्ष्मी महर्जनले नेपालका भाईबहिनीलाई खेलकुदमार्फत राष्ट्रसामू र विश्वसामू चिनाउनका लागि पनि स्थानिय सरकारको नाताले यो प्रतियोगितको आयोजना गरिएको बताउदै भाईबहिनीहरुलाई खेल क्षेत्रमा निरन्तरता दिनको लागि आशा जागेको बताउनु भयो । चाडै नै कपको आयोजना गर्न परिषदसँग सहमती भएको जानकारीसमेत उपमेयर महर्जनले दिनुभयो । 


    कार्यक्रममा महालक्ष्मीका १० वटै वडाका वडा अध्यक्षदेखि शिक्षा क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।  कार्यक्रमको संचालन नगरका शिक्षा अधिकृत चिरञ्जिवी पौंडेलले गर्नुभएको थियो । 

     

     


    प्रकाशित : बिहीबार , माघ २६ २०७९०२:२२
    प्रतिक्रिया दिनुहोस