माघ २७ ललितपुर । महालक्ष्मी नगरपालिकाले आयोजना गरेको तीन हजार मिटरको दौड प्रतियोगितामा महालक्ष्मी एकेडेमीका युनिश सुनुवारले १३ मिनेट ३९ सेकेण्ड दौडेर प्रथम भएका छन् ।
शुक्रबार महालक्ष्मी एकेडेमी लूभुबाट शुरु भएको दौडमा नेपाल डन बस्को स्कुलका सुबास उप्रेतीले १५ मिनेट ३८ सेकेण्डसम्म दौंडिएर दोस्रो स्थान हासिल गरेका छन् ।
डन बस्को स्कुलकै १५ मिनेट ४१ सकेण्डको दौड पूरा गरेर घोषा घलेले तेस्रो स्थान हासिल गरेका छन् । सिद्धि मंगल स्कुलका कमल नेपाली चौंथो भएका छन् ।
यस्तै छात्रातर्फ सिद्धि मंगल स्कुलकी आशा भोलान प्रथम, उनले २१ मिनेट २८ सेकेण्डमा तीन हजार मिटरको दौड पूरा गरेकी थिईन् । विपना थापा मगर सिद्धि मंगल स्कुलकै दोस्रो, श्रेया तामाङ् वेस्ट विन स्कुल, श्रिंगेरी स्कुलकी पुष्पा भेटुवालले २३ मिनेटको दौड पूरा गरेर चौथो स्थान हासिल गरेकी छन् ।
तीन हजार किलोमिटरको दौडमा नगरपालिका भित्रका ३० जना १८ बर्ष मुनिका विद्याथीहरु सहभागी थिए । लूभुको महालक्ष्मी एकेडेमीबाट शुरु भएको दौड प्रतियोगिता लामाटारको शुभतारा स्कुलमा गएर पूरा भएको थियो ।
महालक्ष्मी नगरपालिकाका नगरप्रमुख हरिगोविन्द श्रेष्ठ र उपप्रमुख लक्ष्मी महर्जनले रिवन काटेर दौड प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
तीन दिनसम्म चल्ने महालक्ष्मी नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता २०७९ को अवसरमा दौड प्रतियोगिता भएको हो । दौडलाई नगर प्रहरी, ट्राफिक प्रहरी, स्काउटलगायतले सहजीकरण गरेका थिए ।
दौडमा प्रथम, द्धतिय, तृतिय र सान्त्वना हुने विद्यार्थीहरुलाई शनिबार समापनका अवसरमा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।




