---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

बेलायती राजा चार्ल्सको राज्यभिषेक आज, बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा


बेलायती राजा चार्ल्सको राज्यभिषेक आज, बिश्वभरीका बिशिष्ट पाहुना बेलायतमा

लन्डन ।बेलायतका राजा चार्ल्स तृतीयको आज राज्याभिषेक हुदैँछ  । लन्डनको वेस्टमिन्स्टर एबीमा बिशेष समारोहका बिचमा आयोजना हुने राज्याभिषेक समारोहमा राजा चार्ल्सलाइ राजमुकुट पहिराइने छ ।

images

सो बिशेष समारोहमा सहभागिताका लागि विश्वभरीवाट दुईहजार भन्दा बढी अति बिशिष्ट पाहुनाहरु बेलायत आईपुगेका छन् । यसरी आउने पाहुनाहरुमा बिभिन्न देशका राजा तथा राजपरिवारका सदस्यहरु, विश्वभरीका बिभिन्न मुलुकका राजनेताहरु, राष्ट्रपति, प्रधानमन्त्रीसहित सरकारका प्रतिनिधिहरु सो समारोहमा सहभागी हुदैँछन् ।

आज हुने बिशेष समारोहमा राजा चार्ल्स तथा रानी क्वीन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्‍याइने कार्यक्रम रहेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार २.२३ किलो ग्राम तौल भएको सुन र हीरा जवाहरातजडित राजमुकुटले राजा चार्ल्सको शिरमा शुशोभित गरिनेछ । 

सो राजमुकुट यस अघि सन् १९५३ मा महारानी एलिजाबेथको शिरमा सजाईएको थियो । बेलायतको इतिहासमै सबैभन्दा बढी शासन गरेकी महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा गत सेप्टेम्बरमा निधन भएको थियो ।  महारानी एलिजाबेथको निधन भए पछि उनका ७३ बर्षीया छोरा चार्ल्स बेलायतको राजा बनेका हुन । उनको आज हुन गईरहेको राज्यभिषेक समारोह भने झन्डै तीन घन्टा चल्ने जनाईएको छ । 


प्रकाशित : शनिबार, वैशाख २३ २०८०१०:५६
  • सम्बन्धित विषय:

  • # बेलायती राजा चार्ल्स


  • प्रतिक्रिया दिनुहोस