---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

देश बनाउन एमालेको एकल बहुमत आवश्यक : अध्यक्ष ओली


समानता नेपाल
  • 1.7K
    SHARES
  • देश बनाउन एमालेको एकल बहुमत आवश्यक :  अध्यक्ष  ओली

    भोजपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको विकासका लागि एमालेको एकल सरकार आवश्यक भएको बताएका छन् । भोजपुरको टेम्केमैयुङ गाउँ कमिटीले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बनाउने काममा एमालेले नेतृत्व गर्ने बताए ।

    images

    उनले यो कामका लागि सही तरिकाबाट सबैको साथ लिएर अगाडि बढ्न नेता तथा कार्यकर्तालाई आव्हान गरे । ओलीले भने, ‘हाम्रो देश हामी आफैंले नै बनाउनुपर्छ । एमालेले देश बनाउँछ । यसका लागि सँगसँगै हिडौं ।’

    ओलीले मिसन ८४ अभियान अन्तर्गत नै मध्यपहाडी संकल्प यात्रा आयोजना गरिएको बताए । उनले यात्रामा उत्साहपूर्ण सहभागिता जनाएका भन्दै सबैलाई धन्यवाद दिएका छन् । नेकपा एमालेको सरकारले छोटो समयमा पनि पर्याप्त काम गरेको उनको दाबी छ । ओलीले भने, ‘विरोधीले त्यो काम सहन सकेनन्, देशको विकास सहन सकेनन् । ’

    एमाले सरकारबाट हटेपछि देशको विकास ओरालो लागेको भन्दै विकासको काम अहिले ठप्प रहेको उनको टिप्पणी छ ।


    प्रकाशित : बुधबार, मंसिर २७ २०८००६:२०
  • सम्बन्धित विषय:

  • # अध्यक्ष ओली
  • प्रतिक्रिया दिनुहोस