---- बिहीबार , साउन १४ गते २०८३
images
images
images
images

बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु


बाघको आक्रमणबाट बर्दियामा दुई जनाको मृत्यु

बर्दिया । बर्दियामा बाघले आक्रमण गरेर दुई जनाको ज्यान लिएको छ । मधुवन नगरपालिका-५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो । मधुवन नगरपालिका-५  का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

images

सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी उनीहरूको ज्यान गएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले जानकारी दिए । अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थल पुगेको छ ।


प्रकाशित : सोमबार, चैत ६ २०७९०१:३१
  • सम्बन्धित विषय:

  • # बाघको आक्रमण


  • प्रतिक्रिया दिनुहोस