---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

एनआरएनएमा २१ केन्द्रीय सदस्य सहित २१ जना सल्लाहकार मनोनयन


एनआरएनएमा २१ केन्द्रीय सदस्य सहित २१ जना सल्लाहकार मनोनयन

लण्डन । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को बिभिन्न पदमा विधान अनुरुप मनोनयन गरिएको छ ।

images

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा आइतवार भरर्चुअल माध्यममा भएको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु (आइसीसी), सल्लाहकारहरु, अनुशासन समिति, विधान समितिमा मनोनयन गरेको हो ।

संघका अध्यक्ष डा. बद्री केसी अनुसार संघको विधानको धारा २२ को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तराष्ट्रिय परिषदको सदस्यहरु (केन्द्रीय सदस्यहरु) मा मनोनयन गरिएको छ ।

मनोनयन हुनेहरुमा चिरन शर्मा (यूके), पूर्णनाथ घिमिरे (अष्ट्रेलिया), रामप्रसाद घिमिरे (अष्ट्रेलिया), बाबुराम भण्डारी (जापान), सरिता ढकाल (जापान), ज्योति शर्मा (इजराइल), डा सञ्जु पौडेल (कोरिया), विनेश तामाङ (कतार), तारानाथ बोहरा एमडी (युएई), अर्जुन गुरुङ (बेल्जियम), डा. मुकुन्द बाँस्तोला (यूके), सरस्वती केसी (यूके), शान्ति अर्याल अधिकारी (पोर्तुगल), सम्राट थापा (क्यानाडा), रविन बज्राचार्य (अमेरिका), मनिता ढुंगाना (अमेरिका), ईश्वरी भट्ट (अमेरिका), भुवन आचार्य (अमेरिका), विनोद भट्ट (अमेरिका), डा अन्जु खरेल (अमेरिका), र हेमन्त काफ्ले (अष्ट्रेलिया) रहेका छन् ।

यस्तै, संघको विधान २००३ (संशोसोधित २०२२) बमोजिम संघको सल्लाहकारमा २१ जनालाई मनोनयन गरिएको छ ।

सल्लाहकारहरुमा अतुल कोईराला (नेपाल), ओम गुरुङ (जापान), चिरनजीबी ढकाल (यूके), डा. देवि वस्नेत (कोरिया), प्रीतम श्रेष्ठ ( हंककगं ), रमेश पाण्डे (अष्ट्रेलिया), नारायण काफ्ने (अष्ट्रेलिया), दिनेश जोशी (अष्ट्रेलिया), सूर्य गुरुङ (यूके), भैरव ढकाल (अष्ट्रेलिया), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हिराधन राई (यूके), संजय थापा (अमेरिका), शिव वरुवाल (बेल्जियम), टिबी कार्की (कतार), कलममणी गुरागाई (कतार), होमनाथ शर्मा (कतार), रमेश पाण्डे (अष्ट्रेलिया), डा. सन्जिव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) रहेका छन् ।

वैठकले अष्ट्रेलिया क्षेत्रीय युवा उपसंयोजकमा दिपेन्द्र हमाल र युरोप क्षेत्रीय उपसंयोजक प्रकाश दंग मनोनयन गरेको छ ।

विधान र अनुशासन समिति गठन
बैठकले अनुशासन समितिको संयोजकमा संघका पूर्व महासचिव रतन झा (अमेरिका) लाई चयन गरेको छ । विधान समितिमा भवानी ओली (अष्ट्रेलिया), विधान व्याख्या समितिमा भूषण घिमिरे, भवानी ओली र मुकुन्द प्रसाद पौडेल (नेपाल) रहेका छन् ।

संघका अनुसार विधान अनुरुप केन्द्रीय पार्षदहरुको मनोनयन अर्को बैठकले गर्ने भएको छ। नयाँ मनोनयनमा गत निर्वाचनमा बिभिन्न पदमा पराजित भएकाहरुलाई विधानको भावना अनुरुप समेटिएको छैन् ।


प्रकाशित : सोमबार, पुस २ २०८०१२:२८
  • सम्बन्धित विषय:

  • # एनआरएनएको क्षेत्रीय सम्मेलन


  • प्रतिक्रिया दिनुहोस