---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष


समानता नेपाल
  • 1.4K
    SHARES
  • सङ्कल्प यात्रा सफल भएको एमालेको निष्कर्ष

    काठमाडौं । नेकपा एमालेले ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सफल भएको निष्कर्ष निकालेको छ ।

    images

    पार्टी मुख्यालय ललितपुरमा बसेको सचिवालय बैठकले यात्राको समीक्षा गर्दै त्यो पूर्णरुपमा सफल भएको निष्कर्ण निकालेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । 

    “अभियानले पूर्णरुपमा राजनीतिक उपलब्धि हासिल गरेको छ । यात्राले मध्यपहाडी लोकमार्गका समस्या पहिचान गरेको छ”, उनले भने, “जनताको विकासप्रतिको अपेक्षा र चाहनाअलाई एमालेले सरकार हुँदा काम गरेको र प्रतिपक्षमा हुँदा दृढतापूर्वक उठाएर जनताको पक्षमा आवाज बुलन्द गरेको बैठकको निष्कर्ष छ ।”

    यसैगरी बैठकमा एनसेल शेयर बिक्री प्रकरण र भारतको संसद्मा रहेका सांसदमाथि गरिएको निलम्बनबारे पनि छलफल भएको प्रचार विभाग प्रमुख गौतमले बताए । 

    उनले यही पुस ८ गते दिउँसो १ बजे ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’को बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिइने बताए । 


    प्रकाशित : बिहीबार , पुस ५ २०८०१२:३७
  • सम्बन्धित विषय:

  • # सङ्कल्प यात्रा
  • प्रतिक्रिया दिनुहोस