---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

काँग्रेस बागमती प्रदेश सम्मेलन : शेखरलाई दोश्रो वरियता नदिने


काँग्रेस बागमती प्रदेश सम्मेलन : शेखरलाई दोश्रो वरियता नदिने

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेशको प्रथम सम्मेलन भोलिदेखि काठमाडौँमा शुरु हुँदैछ । सम्मेलनको सम्मूर्ण तयारी पूरा भएको काँग्रेस बागमती प्रदेशले जनाएको छ। लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन सकेको काँग्रेसभित्र बागमती प्रदेश सम्मेलनसम्म आइपुग्दा पार्टीभित्रको वरियताक्रम सतहमा नै आउने गरी विवादमा परेको छ।

images

भोलिदेखि हुने बागमती प्रदेश सम्मेलनमा प्रमुख अतिथि पार्टी सभापति शेरबहादुर देउवा हुनुहुन्छ तर विशिष्ठ अतिथि अर्थात दोश्रो वरियतामा भने शेखर कोइरालालाई नराख्ने काँग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ बताए । पार्टीको विधानभन्दा बाहिर गएर कसैलाई पनि सम्मान वा अपमान गर्ने काम आफ्नो कार्यकालमा नहुने तर्क सभापति बानियाँको छ ।

सभापति बानियाँको यो भनाइसँगे भोलि काँग्रेस नेता डा शेखर कोइराला दोश्रो वरियतामा नरहने स्पष्ट भएको छ । मधेश प्रदेशमा हिजोदेखि सुरु भएको सम्मेलनमा पनि डा कोइरालालाई दोश्रो वरियता दिएर निमन्त्रणा गरिएको थिएन । जसले गर्दा कोइराला अनुपस्थित भएको काँग्रेस नेताहरु बताउँछन । सम्मेलनको बारे जनाकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सभापति बानियाँले काँग्रेसको विधान र देशकै संविधान परिवर्तन गर्नुपर्नेतर्फ काँग्रेस लाग्नुपर्ने बताए । 

उनले पार्टीभित्र उमेर समूहको आधारमा प्रतिनिधित्व गराउन विधान परिवर्तन जरुरी भएको उल्लेख गरे । बानियाँको भनाइ थियो- ‘खेलमा जसरी उमेर समूहको वर्गिकरण गरेर खेलाइन्छ त्यसरी नै राजनीतिमा पनि नियम हुनुपर्छ। काँग्रेसमा १८ देखि ४० बर्षसम्मको एउटा समूह, ४० देखि ६० बर्षसम्मको अर्को समूह र ६० बर्षभन्दा माथिको अर्को समूह बनाएर प्रतिनिधि केन्द्रीय समितिमा ल्याउनुपर्छ ।’

काँग्रेस बागमती प्रदेशको सम्मेलनमा ७८२ जना प्रतिनिधिहरु सहभागी हुनेछन ।


प्रकाशित : शुक्रबार, पुस ६ २०८००६:४५
  • सम्बन्धित विषय:

  • # शेखर


  • प्रतिक्रिया दिनुहोस