---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

'म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन'


'म रहेसम्म लोकतान्त्रिक गणतन्त्रमा आँच आउन दिनेछैन'

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आफू रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन नदिने बताएका छन्।

images

शनिबार नेपाल उद्योग परिसङ्घ कोशी प्रदेश समितिले विराटनगरमा गरेको प्रजातन्त्र सेनानी सम्मान तथा उद्योगीरूको भेलालाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफ्नो तागतले भ्याएसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आँच आउन नदिने बताएका हुन्। 

‘म के विश्वास दिलाउन चाहन्छु भने मेरो तागतले भ्याएसम्म र म रहेसम्म संघीय लोकतान्त्रिक गणतन्त्रमाथि कुनै आँच आउन दिने छैन,’ उनले भने। राष्ट्रपति पौडेलले आफूलाई संविधानले दिएको ज़िम्मेवारी निष्ठापूर्वक पालना गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

संविधानले निर्देश गरेको समाजवाद उन्मुख अर्थव्यवस्थाको आधार निर्माण गर्न उद्योग व्यवसायीहरूको भूमिका महत्त्वपूर्ण हुने राष्ट्रपति पौडेलले बताए।


प्रकाशित : शनिबार, पुस ७ २०८००६:३८
  • सम्बन्धित विषय:

  • # आँच


  • प्रतिक्रिया दिनुहोस