---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

छात्रामाथि बलात्कारको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ


छात्रामाथि बलात्कारको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

काभ्रे । छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् । दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । 

images

पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरु पक्राउ परेका हुन् । प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । 

पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो । विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ । करिब २ महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन् ।

मेयर खरेलले छात्राको स्वास्थ्य जाँच गर्न निर्देशन दिनुका साथै अभिभावकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धतासमेत जनाएका छन् । खरेलकै रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकिएको छ।


प्रकाशित : सोमबार, पुस ९ २०८०१२:०५
  • सम्बन्धित विषय:

  • # दुई शिक्षक पक्राउ


  • प्रतिक्रिया दिनुहोस