---- बिहीबार , साउन १४ गते २०८३
images
images
images
images

डेनमार्ककी रानीले त्यागिन् राजगद्दी, नयाँ उत्तराधिकारी घोषणा


डेनमार्ककी रानीले त्यागिन् राजगद्दी, नयाँ उत्तराधिकारी घोषणा

डेनमार्ककी रानी मार्गरेथ द्वितीयले राजगद्दी त्याग्ने घोषणा गरेकी छन् । प्रत्यक्ष टेलिभिजन प्रसारणमार्फत उनले अचानक नयाँ उत्तराधिकारी पनि घोषणा गरिन् ।

images

५२ वर्षदेखि राज्य प्रमुख बनेकी डेनमार्ककी रानी मार्गरेथले टेलिभिजनमा सम्बोधन गर्दै जनवरी १४ मा राजगद्दी त्याग्ने घोषणा गरेकी हुन् । आफ्नो जिम्मेवारी अर्को पिंढीलाई हस्तान्तरण गर्ने समय आएको बताउँदै उनले जेठा छोरा युवराज फ्रेडरिक उत्तराधिकारी हुने पनि सार्वजनिक गरिन् ।

८३ वर्षीया रानीले सन् १९७२ मा राजगद्दी सम्हालेकी हुन् । उनको घोषणा ५९ लाख नागरिकले टेलिभिजनमा हेरेका थिए । रानीको गत फेब्रुअरीमा शल्यक्रिया भएको थियो ।

पुरातत्वमा रुचि राख्ने रानी मार्गरेथ कयौं उत्खनन्‌मा सहभागी थिइन् । ३१ वर्षको उमेरमा आफ्ना पिताको उत्तराधिकारी बनेकी उनकै लागि महिलाले पनि गद्दी आरोहण गर्ने गरी संविधान संशोधन गरिएको थियो । रानीका दुईजना छोरा छन् ।

डेनमार्कको औपचारिक शक्ति निर्वाचित संसद र सरकारमा छ । संवैधानिक राजतन्त्रले राजकीय भ्रमण र राष्ट्रिय दिवस मनाउन प्रतिनिधित्व गर्ने तथा दलगत राजनीतिभन्दा माथि रहने अपेक्षा गरिन्छ । डेनिस प्रधानमन्त्री मेट फ्रेडरिकसेनले रानीलाई देशको कर्तव्य पूरा गरेकोमा धन्यवाद दिएका छन् ।


प्रकाशित : सोमबार, पुस १६ २०८०१२:३८
  • सम्बन्धित विषय:

  • # डेनमार्ककी रानीले


  • प्रतिक्रिया दिनुहोस