---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो


जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

जापानमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठूलो भूकम्प गएपछि इशिकावा प्रान्तमा मृत्यु हुनेको संख्या ३० पुगेको जापानी अधिकारीहरुले जनाएका छन् । 

images

राष्ट्रिय समाचार एजेन्सी क्योदोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको हो । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।

सोमबार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । त्यसयता लगातार परकम्पहरु गइरहेको जनाइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । सोमबारदेखि जापानमा १ सय ५५ परकम्पहरु गएका छन् ।

सोमबार सुनामीको चेतावनी जारी गरिएकोमा मंगलबार बिहान त्यसलाई हटाइएको छ । भूकम्प प्रभावित क्षेत्रका अधिकांश घर तथा भवनहरु पूर्ण रुपमा ध्वस्त भएका छन् ।


प्रकाशित : मंगलबार, पुस १७ २०८०१२:०३
  • सम्बन्धित विषय:

  • # जापानमा भूकम्प


  • प्रतिक्रिया दिनुहोस