---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

बागमती सरकारबाट राजीनामा दिँदै एमालेका ४ मन्त्री


बागमती सरकारबाट राजीनामा दिँदै एमालेका ४ मन्त्री

यता नेकपा एमाले बागमती प्रदेश संसदीय दलले भने संसदमा सम्बोधन गरेर मात्र मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई विश्वासको मत दिने या नदिनेबारे धारण सार्वजनिक गर्ने निर्णय गरेको छ । आज हेटौंडामा बसेको दलको बैठकले नेकपा एमालेको मिसन ग्रासरुट अभियानको मुख्य कार्यक्रम रहेकोले चैत १० र ११ गते प्रदेश सभामा उपस्थित हुन नसक्ने भएकोले १२ गते प्रदेश सभा बैठक राख्न लिखित अनुरोध गर्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक मधुसूदन पौडेलद्वारा जानकारी दिए ।

काठमाडौं । बागमती प्रदेशबाट नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका छन् । प्रदेश सरकारमा रहेका एमालेका ४ मन्त्रीले आज संयुक्त रुपमा राजीनामा दिने तयारी गरेका हुन् ।

images

तर बैठक शुक्रबारसम्मका लागि सरेको छ । त्यसैले आजै राजीनामा आउने सम्भावना छैन । कांग्रेसका सांसदहरुले एमालेले सरकार नछाडेको विषयमा प्रश्न उठाइरहेका थिए ।

बागतीमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, कृषी तथा पशुपन्छी विकासमन्त्री केशवप्रसाद पोखरेल र श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले एकैचोटि राजीनामा दिन लागेका हुन्। अर्थमन्त्री जगन्नाथ थपलिया पुस २६ गते नियुक्त भएका थिए भने बाँकी तीन मन्त्री माघ ११ गते नियुक्त भएका थिए।


प्रकाशित : बुधबार, चैत ८ २०७९११:५२
  • सम्बन्धित विषय:

  • # एमालेका ४ मन्त्री


  • प्रतिक्रिया दिनुहोस