---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

वायु सेनाकी सेकेन्ड लेफ्टिनेन्ट मार्स अमेरिका सुन्दरी


  • 1.5K
    SHARES
  • वायु सेनाकी सेकेन्ड लेफ्टिनेन्ट मार्स अमेरिका सुन्दरी

    अमेरिकी वायु सेनाकी सहायक सेनानी म्याडिसन मार्स २०२४ को अमेरिका सुन्दरी बनेकी छिन । अमेरिकाको फ्लोरिडाको राज्यको ओर्लान्डोमा सम्पन्न अमेरिका सुन्दरी प्रतियोगितामा ५१ प्रतियोगीहरूलाई पछि पार्दै उनले ताज पहिरन सफल भएकी छिन ।

    images

    २२ बर्षिय हार्वर्ड केनेडी बिद्यालयको सार्वजनिक नीति कार्यक्रममा स्नाकोत्तरमा अध्ययनरत उनले कोलोराडो राज्यको प्रतिनिधित्व गर्दै राष्ट्रिय उपाधि प्राप्त गर्ने पहिलो सक्रिय-कर्तव्य वायु सेना अधिकारी हुन् । मार्स यो उपाधि जित्ने पहिलो सक्रिय- कर्तब्य सेवा (ड्युटी सर्भिस) सदस्य हुन्।

    उनी अर्कान्सास फोर्ट स्मिथकी हुन् । तर गत वर्ष कोलोराडो स्प्रिंग्सको यूएस वायुसेना (एयर फोर्स एकेडेमी)बाट खगोल विज्ञानमा ध्यान केन्द्रित गर्दै भौतिकशास्त्रमा उपाधि लिन सफल भएकी थिइन् । सबै ५० अमेरिकी राज्यका साथै डिस्ट्रिक्ट अफ कोलम्बिया(डिसी )को प्रतिनिधित्व गर्दै प्रतियोगितामा ५१ जना प्रतियोगीहरूले भाग लिएका थिए।

    मुख्य कार्यक्रमको सुरुमा मैदानलाई ११ जना लाई सेमीफाइनलमा सीमित गरिएको थियो। मार्स वायुसेना एकेडेमीको २०२३ की विद्यार्थी पनि हुन् । प्रतियोगिताको क्रममा मार्सले आफ्नी आमा ह्विटनीको २०१८ अग्नाशयी अर्बुद रोग (प्यान्क्रियाटिक क्यान्सर) बाट भएको मृत्युको बारेमा कुरा चर्चा गरेकी थिइन् ।


    प्रकाशित : मंगलबार, माघ २ २०८०११:३५
  • सम्बन्धित विषय:

  • # मेरिका सुन्दरी


  • प्रतिक्रिया दिनुहोस