ललितपुर, ६ माघ । महिलाहरूले सञ्चालन गरेको 'सामाजिक विकासका लागि महिला अभियान' ले हरेक बर्ष वनभोज (पिकनिक) गर्दै आईरहेको छ ।
यस् बर्षपनि वनभोज कार्यक्रमलाई निरन्तरता दिदैं शनिबार पर्यटकिय नगरी लामाटारको सेल्फी डाडामा संस्थाले वनभोज (पिकनीक) कार्यक्रमको आयोजना गरेको हो ।
गत बर्षपनि यसै स्थानमा संस्थाले वनभोजको आयोजना गरेको थियो ।
चांगाथली-७ नर्कटेस्थित संस्थाले झण्डै २ सयँ ७० जनालाई एकै थलोमा जमघट गराई मनोरञ्जनात्मक सांगितिक प्रस्तुतीसहित नाचगान, कविता वाचन तथा रमाईला खेलको संचालन गरेर वनभोज खुवाएको छ ।
वनभोजमा क्षेत्र नं. २ का संघिय सांसद प्रेम बहादुर महर्जन, बागमती प्रदेश सभाका उपसभामुख अप्सरा चापागाईं, पूर्व प्रदेश सांसद माधव पौडेल, महालक्ष्मी नगरपालिकाका नगर प्रमुख हरीगोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, वडा अध्यक्षहरू छिरिङ लामा अमृत खत्री, विजय लामा र जय कृष्ण बोगटी सहभागी थिए ।
यस्तै, नेकपा एमालेकी पोलिटव्यूरो सदस्य सुशिला नेपाल, बागमती प्रदेश कमिटि सचिब तथा पूर्व सांसद नवराज शिलवाल, प्रदेश सदस्य तथा जिल्ला बचत/ऋण सहकारी संघ ललितपुरका अध्यक्ष रामहरि बजगाई, जिल्ला कमिटि ललितपुरका अध्यक्ष पुरूषोत्तम आचार्य, सचिव राम राउत, उपसचिव श्याम व्यञ्जनकार,सदस्य नविन तण्डुकार, पूर्व वडाअध्यक्षहरु राजकुमार शिलवाल, नकुल थापा, सिस्नेरी विधालय व्यवस्थापन समितिका अध्यक्ष मोहन तण्डुकार, नगरकमिटि उपाध्यक्ष बैकुण्ठराज बुढाथोकी, सचिव विनोद कंडेल, सचिवालय सदस्य विपीन कार्की, वडा सदस्य विनोद केसी सहभागी थिए ।
यसैगरी, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य देविका राई, मीरा गञ्जारा, अनेमसंघ जिल्ला कमिटि ललितपुरका सचिव कल्पना श्रेष्ठलगायत विभिन्न दलसँग आवद्व नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सामाजिक रुपान्तरणको अभियानमा लागिपरेको संस्थाले २०७४ सालदेखि महिलाहरूको आर्थिक सशक्तीकरणका लागि विभिन्न सिप मुलक कपडा सिलाई बुनाई प्रशिक्षण दिएर महिलाहरूलाई ब्यपसायी बनाउदै आएको छ ।
संस्थाकी अध्यक्ष आशा राईले संंस्थाको निमन्त्रणलाई स्विकार गर्दै उपस्थित भएर कार्यक्रमलाई भव्य र रमणीय बनाउन सहयोग गर्नु हुने सम्पूर्णमा संस्थाको तर्फबाट आभार प्रकट गर्नुभएको छ ।




