---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन: मन्त्री बस्नेत


अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन: मन्त्री बस्नेत

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्ष पछि नेपालमा चिकित्सक पाउन निकै कठिन हुने बताएका छन ।

images

आज (सोमबार) शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन । उनले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको बताएका छन । उनले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताएका छन ।

मन्त्री बस्नेतले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवाश्यक भएको पनि बताएका छन । उनले जनसंख्या बढिरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताएका छन । उनले देशमा कामै नपाउने अवस्था रहेको बताए । उनले दक्ष जनशक्ति नहुने र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो दाबी गरेका छन ।

उनले भने,‘ मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् ।’ मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमिक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताएका छन ।


प्रकाशित : सोमबार, माघ १५ २०८००६:५८
  • सम्बन्धित विषय:

  • # मन्त्री बस्नेत


  • प्रतिक्रिया दिनुहोस