---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

‘कोसी’ नाम खारेजीको आन्दोलनमा घाइते लिम्बूको निधन


समानता नेपाल
  • 1.6K
    SHARES
  • ‘कोसी’ नाम खारेजीको आन्दोलनमा घाइते लिम्बूको निधन

    काठमाडौँ । कोशी प्रदेश नाम खारेजी विरुद्धको आन्दोलनमा घाइते भएका पदम लिम्बू (लागेहाङ)को मृत्यु भएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते भएका धरान-१५ का लिम्बूको आज(शुक्रबार) बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

    images


    टाउकोमा चोट लागेर घाइते भएका उनलाई हिजो राति अचानक बेहोस भएपछि बिपी प्रतिष्ठानको आइसियुमा भर्ना गरिएको थियो ।

    गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएको उनको उपचारका क्रममा बिहान २ : ३० बजे नै मृत्यु भएको हो । यसैबीच प्रदेश नं १ को पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले लिम्बूलाई सहिद घोषणा गर्न माग गरेको छ ।

    समितिले विज्ञप्ति जारी गर्दै थप उपचारका लागि हेलिकोप्टर चार्टर गरी काठमाडौँ लैजाने तयारी भइरहेको अवस्थामा लिम्बूले वीरतापूर्ण मृत्युवरण गरेको भन्दै उनलाई शहीद घोषणा गर्न माग गरेको हो ।

    साथै समितिले लिम्बूको हत्याको जिम्मा कोसी नाम राख्ने ८२ जना सांसद, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनुपर्ने बताएको छ ।

    ‘लाजेहाङको हत्याको जिम्मा प्रदेश १ लाई षडयन्त्रमूलक ढङ्गले कोसी नाम राख्ने ८२ जना सांसदहरू, पार्टीहरू, मुख्यमन्त्री हिक्मत कार्की र वर्तमान प्रधानमन्त्री एवं नेपाल प्रहरीले लिनु पर्दछ, ’ विज्ञप्तिमा उल्लेख छ ।

    लिम्बुको हत्याको अनुसन्धान गर्न छानबिन आयोग गठन गर्न समेत माग गरिएको छ ।


    प्रकाशित : शुक्रबार, चैत १० २०७९०७:०८
    प्रतिक्रिया दिनुहोस