---- मंगलबार, साउन १२ गते २०८३
images
images
images
images

उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री


उच्च शिक्षालाई अनुसन्धान मुलुक बनाउनुपर्छ : शिक्षामन्त्री

काठमाडौँ, १७ पुसः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले शिक्षा मन्त्रालयका पदाधिकारीसँग गरिएको छलफलमा उहाँले अनुसन्धानमूलक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो ।

images

शिक्षामन्त्री भट्टराईले प्रविधि, प्राविधिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद् (सिटिइभिटी) को पुनःसंरचना गर्न थालिएको बताउनुभयो । उहाँले सिटिइभिटीलाई प्रदेशस्तरमा लैजाने तयारीसमेत गरिएको जानकारी दिनुभयो । “सिटिइभिटीको पाठ्यक्रम र पुनःसंरचना गर्न आवश्यक छ । त्यही भएर हामीले कार्यदल गठन गरेका हौँ ।

अब कार्यदलले १० दिनभित्र प्रतिवेदन सार्वजनिक गर्नेछौँ”, उहाँले भन्नुभयो, “सोही प्रतिवेदनका आधारमा सिटिइभिटीलाई पुनःसंरचना गर्नेछौँ ।” नवप्रवर्द्धनलाई बढाउन दिनका लागि छुट्टै कोषसमेत बनाउन थालिएको बताउँदै मन्त्री भट्टराईले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) लाई पनि नवप्रवर्द्धनको क्षेत्रमा काम गर्ने सक्ने बनाउनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री भट्टराईले शिक्षासम्बन्धी बनेका नीति, ऐन कार्यान्वयनमा चुनौती रहेको भन्दै त्यसलाई कार्यान्वयनतर्फ लैजानुपर्ने बताउनुभयो । समिति बैठकमा समिति सदस्य मदनकुमारी शाहले पाठ्यक्रमलाई जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिनुभयो । समिति सदस्य पद्मबहादुर परियारले विद्यालयको भवन राम्रो भए पनि बालबालिकाको पहुँच नभएको बताउनुभयो । समिति सदस्य युवराज शर्माले शिक्षक, विद्यार्थीलाई अनुशासनमा राख्नुपर्नेमा जोड दिनुभयो । –––


प्रकाशित : बुधबार, पुस १७ २०८१०७:२३
  • सम्बन्धित विषय:

  • # bidhya bhatrai


  • प्रतिक्रिया दिनुहोस