काठमाडौँ । काठमाडौ इन्जिनियरिङ्ग कलेज कालिमाटीमा (२५ ,२६,२७) तीन दिनसम्म इन्जिनियरिङ्ग बिषयका विद्यार्थीहरुले आफुले अध्ययन गरेर सिकेका अनुसन्धानात्मक ज्ञानहरुलाई ब्यबहारिकतामा उतार्न सक्षम भएका छ्न । कलेजका सस्थापक संचालक डा रामप्रसाद दाहालले अत्यन्त उत्साहित भएर सक्रियतापूर्वक यो बृहत प्रदर्शनी गर्न र आफुले सिकेको कुराहरूलाई सार्बजनिक गर्न सक्रियता देखाउने अवसर कलेजले दिएको कुरा बताउनु भयो ।
विद्यार्थीलाई पनि फाइदा पुगेको, आफ्नो सिर्जनात्मक कुराहरूलाई १६० भन्दा बढी स्ट्लमा राखेर जानकारी गराउन सफल भएको र नयाँ सिक्न चाहना राख्नेको लागि यो मूल्यवान अवसर रहेको बताउनुभयो। भाइस प्रिन्सिपल शैलीता मानन्धर जोशीले कलेजको गुणात्मक पाटोलाई यस्ता प्रदर्सनीले बिद्यार्थीहरुको बोधिकतालाई खार्दै लैजाने बिश्वास व्यक्त गर्नु भयो ।
सिभिल बिभागका प्रमुख इन्जिनियर अर्जुन पौडेलले प्रदर्शनीमा रोबोवार ,रोबोसकर जेनेरसन, पावर हाउस, टनेल, मठमन्दिर,हाकाथन कोड कम्पिटिसन लगायत थुप्रै किसिमको विभिन्न बिभागका बिषयगत कुराहरू समाबेश गरिएको र जो ज्यादै महत्त्वपूर्ण रहेको जानकारी दिनु भयो ।
करिब दशहज्जर सम्बद्ध ब्यक्तिहरुले अवलोकन गरेको यो दृस्टी कार्यक्रमले देश बिकास र निर्माण सघाउ पुग्ने आयोजकले बताएका छ्न । प्रबिधिको क्षेत्रको ससक्त ज्ञान को उपज यो प्रदर्शनी हो भन्ने कुरा आयोजकहरुले बताएका छ्न ।




