---- बुधबार, साउन १३ गते २०८३
images
images
images
images

धनगढीमा अवतरण हुन नसक्दा श्री’को जहाज काठमाडौं फिर्ता


धनगढीमा अवतरण हुन नसक्दा श्री’को जहाज काठमाडौं फिर्ता

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण हुन नसकेपछि मध्यरातमा काठमाडौं फिर्ता भएको छ । गन्तव्यमा अवतरण हुन नसकेपछि जहाज काठमाडौँ फर्कदा यात्रु अलपत्र परेका छन् ।

images

जहाजमा रहेका यात्रुसमेत रहनु सञ्चारकर्मी रोयल आचार्यले जहाज अवतरण हुन नसकी काठमाडौँ फर्कँदा विमानस्थलमा केहीबेर यात्रुले असन्तुष्टि जनाएका बताए ।एयरलाइन्सका कर्मचारी सागर पौडेलले टिकट फिर्ता गर्न चाहने यात्रुको पैसा फिर्ता गर्ने र जान चाहने यात्रुलाई मङ्गलबार बिहानको उडानमा धनगढी पठाइने जानकारी दिए ।

उक्त जहाज धनगढीका लागि काठमाडौँबाट ९:४५ बजे उडेको थियो । धनगढी विमानस्थल अवतरणका लागि पटकपटक प्रयास गर्दासमेत सम्भव नभएपछि राति १२:०० बजे जहाज काठमाडौं फिर्ता भएको थियो । जहाजमा चालक दलका सदस्यसहित ८० यात्रु थिए ।


प्रकाशित : मंगलबार, फागुन ५ २०८२१२:०२
  • सम्बन्धित विषय:

  • # श्री एयरलाइन्स


  • प्रतिक्रिया दिनुहोस