काठमाडौं, १० माघ । लेखक/ प्राध्यापक डा.रामप्रसाद दाहालद्वारा लिखीत "बोल्दैन फोटो" नियात्रा कृतिका बारेमा अन्तरसंवाद गरिएको छ ।
बुधवार सिनामंगलस्थित मातृशक्ति बचत/ ऋण सहकारी संस्थाले आफ्नो १५ ओ स्थापन दिवसको अवसर पारेर कृति माथि अन्तरसंवाद गरेको हो ।

पुुुस्तकमा हिमाली जनजिवन सोलुखुम्बुको खुम्बु, कालापत्थर ,फेरिचे, नाम्चे, लुकला क्षेत्र वरिपरीका शेर्पा सस्कृती, पर्यटन प्रवद्वन, पर्यटकका जिवनशैली र मायाप्रेमका रोचक कथासँगै सुन्दर र कलात्मक चित्रण गरिएको छ ।

कार्यक्रममा सहभागी वक्ताहरूले 'बोल्दैन फोटो' भाषा र शैलिको हिसाबले पढिरहुँ जस्तो लाग्ने एक उत्कृष्ट कृति भएको भन्दै चर्चा गरेका थिए ।
सहभागीले उठाएका प्रश्नको जवाफ दिदैं कार्यक्रमको प्रमुख अतिथीसमेत रहनुभएका लेखक डा.दाहालले जिज्ञासामा सहज जवाफ फर्काउनु भएको थियो ।
सो अवसरमा साहित्यकार रचना सुनम, स्थानीय वडा सदस्य टेकराज अधिकारी , निर्माण व्यावसायि कमला काफ्ले, मातृशति सहकारीका सस्थापक अध्यक्ष सीता भट्टराई, मिठू श्रेष्ठ लगायतले मातृशक्तिको योगदान र स्थापना दिवसको चर्चा गरेका थिए ।
भिमसेनगोलाको मोडर्न कन्या मल्टिपल कलेजका सस्थापक अध्यक्षसमेत रहनुभएका प्रा/ डा. रामप्रसाद दाहालको यो १७ ओैं कृति हो ।
३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर २७ पुसमा देउराली मिडीयाद्वारा आयोजित एक कार्यक्रममा यो कृति सार्वजिक गरिएको थियो ।





