---- बिहीबार , साउन १४ गते २०८३
images
images
images
images

गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला: भारत


गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला: भारत

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरणको परिवर्तन नेपालको आन्तरिक मामिला भएको र भारतको चासोको विषय नभएको बताएका छन ।

images

आज (बिहिबार) नवनियुक्त अर्थमन्त्री वर्षमान पुन अनन्तसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको शिष्टाचार भेटमा राजदूत श्रीवास्तवले यस्तो बताएका हुन ।

उनले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने पनि बताएका छन । उनले भने, ‘सत्ता समीकरणमा भएको फेरबदल नेपालको आन्तरिक मामिला हो’ ‘यही कारण भारतको नेपालप्रतिको दृष्टिकोणमा कुनै फेरबदल नआउने भारत सरकारको सन्देश रहेको जानकारी गराउन चाहन्छु ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग डेढ वर्षदेखि जारी सहकार्य सन्तोषजनक रहेको भन्दै उनले आगामी दिनमा पनि विश्वासका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

श्रीवास्तवले नेपाल–भारतबिच सम्बन्ध मौलिक रहेको चर्चा गरे । उनले सम्बन्ध विगतमा जस्तै असल रहने प्रतिबद्धता जनाउँदै आपसी विश्वासका साथ सहयोग र लगानीका निरन्तर काम गर्ने पनि बताएका छन\ ।


प्रकाशित : बिहीबार , फागुन २४ २०८००८:०२
  • सम्बन्धित विषय:

  • # भारत


  • प्रतिक्रिया दिनुहोस